विद्यालयहरुले गर्नुपर्ने कार्य
क। विद्यालयले यस प्रणालीमा भएका सबै विवरण प्रधानाध्यापकको रोहवरमा यथार्थ रुपमा अद्यावधिक गर्ने, (सो नगरेका कारण विद्यालयले प्राप्त गर्ने अनुदान तथा विद्यार्थीले प्राप्त गर्ने सुविधामा फरक पर्ने भएकाले सबै विवरणहरु त्रुटिरहित तरिकाले सतर्कतापूर्वक भर्ने/अद्यावधिक गर्ने। बास्तविक विवरण नभरेको/अद्यावधिक नगरेका कारण विद्यालय वा विद्यार्थी कुनै सुविधा प्राप्त गर्नबाट वञ्चित भएमा सम्बन्धित प्रधानाध्यापक नै जिम्मेवार हुने भएकाले यस कार्यमा प्रधानाध्यापक स्वयंले विशेष ध्यान दिने।
ख) एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको बेवपेज (https://emis.cehrd.gov.np) खोलेर युजर (विद्यालयको IEMIS कोड) र आफ्नो पासवर्ड प्रयोग गरी लगइन गर्ने ।
ग) Dashboard को शुरुमा रहेको School Profile (Basic Profile, ECED Information Management & others) मा रहेका विवरणहरु अद्यावधिक गर्ने । घ) Student Information मेनुको Scholarship मा गएर छात्रवृत्तिको विवरण भर्ने र विद्यार्थीको बार्षिक हाजिरी दिन प्रविष्ट गर्ने ।
ड। त्यसपछि Manage Exam मा गएर विद्यार्थीहरुको शैक्षिक सत्र २०८० को अन्तिम परीक्षाको उपलब्धि विवरण प्रविष्टि गर्ने अनि क्रमशः Student Information मा गएर Update मेनुमा रहेका Passed, Passed & Transfer, Double promoted, Repeated, Repeated & Transfer, Dropout) गर्ने ।
च) आफ्नो विद्यालयबाट अन्यत्र विद्यालयमा स्थानान्तरण भै जाने विद्यार्थीलाई Student Record मा रहेको Student Transfer मा गई उक्त विद्यार्थी जुन विद्यालयमा गइ भर्ना भएको छ सो विद्यालय छानी Transfer Click गर्ने ।
छ। Transfer भइ आएका विद्यार्थीको विवरण Student Accept मा गई विद्यार्थीको लिष्ट हेरी Accept गर्ने ।
ज) पूर्व प्राथमिक तह (ECED/PPC) का सबै र कक्षा १ मा (ECED/PPC को अनुभव लिइ कक्षा १ मा आएका बाहेकका) भर्ना
हुन आएका बालबालिकालाई मात्र Add Student विवरण प्रविष्ट गर्ने ।
झ) कक्षा २ वा सो भन्दा माथिल्लो कक्षामा भर्ना हुन आउने विद्यार्थीको हकमा अघिल्लो विद्यालयबाट स्थानान्तरण प्रमाणपत्र (IEMIS को रजिष्ट्रेशन नम्बर सहित) ल्याउन लगाइ Student Accept मा रहेका विद्यार्थी Search गरी आफ्नो विद्यालयमा भर्ना हुन आएको विद्यार्थीको विवरण Accept गर्ने । अघिल्लो विद्यालयले Transfer गर्न बाँकी रहेछ भने उक्त विद्यालयलाई Transfer गर्न अनुरोध गरी विद्यार्थी विवरण Accept गर्ने ।
ञ) सबै विद्यालय (Montessori/ECED देखि कक्षा १२ सम्म सचालन भएका) हरुले आ-आफ्नो विद्यालयको IEMIS अनिवार्य रुपमा अद्यावधिक गर्ने । बिगत देखि सचालनमा रहेका तर हालसम्म IEMIS कोड प्राप्त नगरेका वा शैक्षिक सत्र २०८१ देखि सञ्चालनमा आएका नयाँ विद्यालय भए मिति २०८१ जेष्ठ मसान्त भित्र स्थानीय तह मार्फत कोड प्राप्त गरी विवरण अद्यावधिक गर्ने ।
ट) Dash Bord मा रहेको Teacher/Staff Menu गइ शिक्षक तथा कर्मचारीहरुको विवरण अद्यावधिक गर्ने। यसैमा अद्यावधिक गरिएको विवरणका आधारमा IEMIS बाट नै शिक्षक/कर्मचारीको तलबभत्ताका लागि माग फाराम तयार गर्ने कार्य भै रहेकाले त्रुटिरहित तरिकाले उक्त विवरण अद्यावधिक गर्ने ।
ठ) SMC Menu मा गइ विद्यालय व्यवस्थापन समिति सम्बन्धी विवरण अद्यावधिक गर्ने ।
ड) Infras. (Infrastructure) Inventory Menu मा गइ विद्यालयमा रहेका सम्पूर्ण भौतिक संरचना र विद्यालय नक्शाइन (School Mapping) सम्बन्धी विवरण अद्यावधिक गर्ने ।
ङ) बाढी पहिरो, हावा हुरी, भुकम्प जस्ता प्राकृतिक प्रकोपबाट भएको शैक्षिक क्षति सम्बन्धी विवरण भर्ने स्थानहरु भएकाले यदि उपर्युक्त कारणबाट विद्यालयमा कुनै क्षति भएमा EIE Menu रहेका सम्पूर्ण विवरण तत्काल अपडेट गर्ने ।
ण) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्बन्धन लिङ्ग सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (Technical Education in Community School- TECS) सञ्चालन गरिरहेका सामुदायिक माध्यमिक विद्यालयहरुले उक्त कार्यक्रम अन्तर्गत (Pre- diploma/Diploma) अध्ययनरत विद्यार्थीको विवरण पनि यस प्रणालीमा प्रविष्ट गर्ने ।
त) गतवर्ष विवरण अद्यावधिक गर्न छुट भएका विद्यालयहरुले शैक्षिक सत्र २०८० देखि कै विवरण अद्यावधिक गर्ने ।
स्रोत :CEHRD
Post Top Ad
Responsive Ads Here
Monday, 20 May 2024
EMIS UPDATE गर्ने तरिका 2081
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment