४ मंसिर,हेटौँडा ।
शिक्षकहरुको हकहितको लागि स्थापना भएको नेपाल शिक्षक संघले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडितलाई रकम सहयोग गरेको छ । नेपाल शिक्षक संघ मकवानपुरले देउँसी भैलोबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडितलाई सहयोग गरेको हो। संघ मकवानपुरले कार्तिक २७ गते आयोजना गरेको देउँसी भैलोबाट संकलित ६० हजार १७० रुपैयाँ कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पिडितकलाई सहयोग गरेको हो । संघले प्रधानमन्त्री दैविक प्रकोप सहायत कोष अन्तर्गत पुतलिसडक काठमाण्डौ स्थित राष्ट्रिय वाणिज्य बैंकको चल्ती खाता मार्फत उक्त रकम सहयोग गरेको संघ मकवानपुर सचिव श्रीराम लुईटेलले जनाएका छन् ।
सोमबार दिउँसो नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई नेतृत्वको एक टोलीले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईलाई प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषमा जम्मा गरेको रकमको बैंक भौचर बुझाएको थियो । नेपाल शिक्षक संघ मकवानपुरले देउसी भैलो कार्यक्रमको आयोजना गरेर भूकम्प पीडितहरुलाई सहयोग पुगोस भन्दै उक्त रकम नेपाल सरकार मार्फत सहयोग गरिएको नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष हुमागाईले बताएका छन् । उनले संघ विपद र विपदबाट उत्पन्न हुने समस्यामा सहयोग गर्न शिक्षक संघ सधै तयार रहेको समेत बताएका छन् ।
No comments:
Post a Comment