शीर्षक ः किसान
छन्द ः झ्याउरे
राजु रेग्मी
किसान दाई विहानै उठी लम्कन्छ खेतमा ,
खेतका आली बनाउनु पर्ने कोदाली हातमा ।
किसान फर्के निराश मन लौ पानी परेन ,
पुकार विन्ती आशाले ग¥यो त्यो मन हारेन ।।
बेलुकी पख गर्जियो मेघ लौ पानी वर्षियो ,
मनको पुकार् सुनियो इश्वर किसान हर्सियो ।
लगाई पानी बनाई आली लौ धान रोपीयो ,
मल र जल पु¥याई खेत धान नी गोडियो ।
कामले गर्दा पसिना धारा टल्केको निधार्मा ,
झुले र धान बहेली खेल्छ खेतका गरामा ।।
खेतमा धान फलेको देख्दा यो मन नाच्द छ ,
खेतला लगाई भित्र्याई धान भकारी भर्द छ ।।
No comments:
Post a Comment